बाँके असोज २४ गते ।
भेरी अस्पताल नेपालगन्जको पिसिआर ल्याबमा शनिबारको परिक्षणमा आज सम्मकै धेरै कोरोना संक्रमित फेला परेका छन् ।
भेरी अस्पताल नेपालगन्जमा आज गरिएको परिक्षमा बर्दिया सहित बाँकेका गरेर १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमध्ये ७९ जना बर्दियाका मात्रै रहेका छन् । भने बाकी बाँके , सुर्खेत,बझाङ , कालिकोट लगायतका जिल्लाका रहेका छन् ।
भेरी अस्पताल नेपालगन्जमा यो नै हाल सम्मकै एकै दिन देखिएको धेरै पोजेटिभ केस हो । हाल बाँके लगायत बर्दियामा कोरोना संक्रमणको दर उच्च बन्दै गएको छ ।
Discussion about this post