बाँके असोज २८ गते ।
पछिल्लो समयमा बाँके जिल्लामा दिनानुदिन कोरोना संक्रमितहरुको संख्या उल्लेख्य रुपमा वृद्धि भइरहेको छ । लकडाउन खुलेपछि होटेल, रेष्टुरेन्ट, उद्योग, यातायात लगायतका बजार क्षेत्र खुलेसङ्गै कोरोना संक्रमण पनि उल्लेख्य रुपले वृद्धि भइरहेको हो । पछिल्लो समयमा सर्वसाधारणले प्राय: स्वास्थ्य मापदण्ड पनि पालना गरेको देखिदैन । सम्बन्धित सरोकारवालाले त्यस्को निगरानी तथा अनुगमन पनि गरेको पाइदैन ।
मंगलबार पनि बाँकेमा धेरै संख्यामा कोरोना भाइरसका संक्रमित थपिएका छन । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका अनुसार मंगलबार एदैदिन बाँकेका ८६ जनामा कोरोना संक्रमण देखिएको छ ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार मंगलबार बाँकेका विभिन्न स्थानका ३३ महिला र ५३ पुरुष गरी ८६ जनामा कोरोना संक्रमण देखिएको हो ।
श्रेष्ठका अनुसार भेरी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा ६७ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालामा गरिएको परिक्षणमा ११ जना र बागेश्वरी डाइग्नोष्टिकको प्रयोगशालामा गरिएको परिक्षणमा ८ गरी ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो सङ्गै जिल्लामा कोरोनाबाट संक्रमित हुनेको संख्या २ हजार ५२६ पुगेको छ । जसमध्ये, २६ जना संक्रमितको ज्यान गइसकेको छ भने १ हजार ८७३ संक्रमित निको भएर डिस्चार्ज भइसकेका छन । मंगलबार थपिएका संक्रमितसमेत जिल्लामा ६ सय २७ जना सक्रिय संक्रमित रहेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।
Discussion about this post