बाँके असोज २८ गते ।
बाँकेका बुधवार थप २६ जना डिस्चार्ज भएका छन् । विभिन्न आइसोलेसन सेन्टरमा बसेका १४ महिला र १२ पुरुष डिस्चार्ज भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ । उनीहरुमा असोज १४ गते भाइरस संक्रमण पुष्टि भएको थियो । डिस्चार्ज हुनेमा ९ बर्षका एक बालक र ७० वर्षीया दुई महिलासमेत छन् ।
बुधवार १६ जना डिस्चार्ज भएसँगै बाँकेमा कोरोना भाइरस जितेर घर फर्किनेको संख्या १ हजार ८ सय ९९ पुगेको छ । बाँकेमा कोरोना भाइरस संक्रमितको संख्या २ हजार ५ सय २६ रहेको छ । जिल्लामा भाइरस संक्रमणबाट २६ जनाले गइसकेको छ । जिल्लाका विभिन्न आइसोलेसनमा अव ६ सय १ जना बसिरहेका छन् ।
Discussion about this post