बाँके असोज २९ गते ।
बाँकेमा कोरोना भाइरस संक्रमणबाट निको भइ डिस्चार्ज हुनेको संख्या साढे १९ सय नाघेको छ । विहीबार थप ६४ जना डिस्चार्ज भएसँगै बाँकेमा भाइरस संक्रमणबाट मुक्त हुनेको संख्या १ हजार ९ सय ६३ पुगेको हो ।
यो हिसावले हेर्दा निको हुने दर ७६.८६ प्रतिशत रहेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । विहीबार विभिन्न आइसोलेसन सेन्टर, होम आइसोलेसन र आइसोलेसन अस्पतालबाट १२ महिला र ५२ पुरुष डिस्चार्ज भएका छन् ।
जिल्लामा भाइरस संक्रमितको संख्या २ हजार ५ सय ५४ पुगेको छ । विभिन्न आइसोलेसनमा अहिले ५ सय ६५ जना बसिरहेका छन् । उनीहरु सबै बाँकेका हुन् । जिल्ला बाहिरका २१ जना पनि बाँकेकै आइसोलेसनमा बसेका छन् । अहिलेसम्म भाइरस संक्रमणबाट बाँकेमा २७ जनाको निधन भएको छ ।
Discussion about this post