बाँके असोज ३० गते ।
चालु आर्थिक वर्षभित्र बाँकेलाई साक्षर जिल्लाको रुपमा घोषणा गर्ने तयारी गरीएको छ । बाँकेका ८ वटै पालिकामा एक पालिकामा कम्तीमा एक छात्रा विद्यालय वा क्याम्पस बनाउने गरी काम अगाडि बढाईएको छ । पहिलो चरणमा राप्तीसोनारी गाउँपालिका र नेपालगंज उपमहानगरपालिकामा काम भईरहेको छ ।
जानकी र खजुरा गाउँपालिकाको कार्यक्रम प्रस्ताव प्रक्रियामै रहेको छ । छात्रा विद्यालय र कलेज संञ्चालन ब्यवस्थापनका लागी जिल्ला समन्वय समितिले त्यहाँको आवश्यकता बमोजिम ७५ प्रतिशत रकम र संम्बन्धित पालिकाले २५ प्रतिशत रकम ब्यवर्होने गरी कार्यविधि रहेको जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय कुमार श्रीवास्तवले जानकारी दिए ।
अहिले काम भईरहेको नेपालगंजमा ४ करोड र राप्तीसोनारी गाउँपालिकामा ९० लाख रुपैंया जिल्ला समन्वय समितिले उपलब्ध गराएको श्रीवास्तवले बताए ।
साक्षर पालिका घोषणा हुन बाँकी नेपालगंज उपमहानगरपालिका, नरैनापुर गाउँपालिका, डुडुवा गाउँपालिका र बैजनाथ गाउँपालिकाका स्थानीय सरकारले आगामी चैत्र महिना भित्र पालिकालाई साक्षर पालिका घोषणा गरिसक्ने प्रतिबद्धता जनाएका छन । कोहलपुर नगरपालिका भने यसअघि नै जिल्लाकै पहिलो साक्षर नगरका रुपमा घोषणा भईसकेको छ ।
बाँके र कपिलबस्तु दुई जिल्ला साक्षर घोषणा हुन नसकेकै कारण सिङ्गो लुम्बिनी प्रदेश साक्षर घोषणा हुन पाएको छैन ।
Discussion about this post