बाँके असोज ३० गते ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक सुरज खत्री सम्मानित हुनुभएको छ । ६५ औं प्रहरी दिवसका अवसरमा खत्री सम्मानित हुनुभएको हो । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट उहाँ सम्मानित हुनुभएको हो । कोरोना भाइरस रोकथाम, नियन्त्रण र निदानका सवालमा खत्रीले प्रभावकारी भूमिका निर्वाह गर्नुभएको छ ।
सुरक्षाकर्मी सबैले फ्रन्टलाइनमा काम गरेपनि खत्रीकै कमाण्डमा स्वाव संकलन, शव व्यवस्थापनसम्मका चुनौतिपूर्ण काम भएका छन् । अपराध अनुसन्धान र नियन्त्रणमा पनि उहाँले प्रभावकारी भूमिका निर्वाह गर्नुभएको छ । उहाँलाई लुम्विनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेल, प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक रबिन्द्र बहादुर धानुकले दांगमा आयोजित एक कार्यक्रमकाबीच प्रहरी निरीक्षक खत्रीलाई सम्मानित गर्नुभएको हो ।
त्यसक्रममा बाट वीर अमरशहीद प्रहरी स्मारकमा रेथ, माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गर्नुका साथै वीर अमर प्रहरी प्रति श्रद्दाञ्जली अर्पण गरिएको थियो । कार्यक्रमको अवसरमा वीर अमर प्रहरीको परिवारलाई दोसल्ला सहित कदर पत्र प्रदान गरिनुको साथै कार्यक्षेत्रमा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरूलाई प्रशंसा पत्र सहित पुरस्कार प्रदान गरिएको थियो ।
Discussion about this post