बाँके कार्तिक २ गते ।
मजकुर सशस्त्र प्रही बल नेपाल नं. ५, विन्ध्यावासिनी वाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक किशोर प्रधानले समय सापेक्ष बनेर सेवा प्रवाह गर्न निर्देशन दिनभएको छ ।
जमुनाह भन्सारमा विओपीको पोष्ट समुदघाटन समारोहलाई सम्वोधन गर्दै महानिरीक्षक प्रधानले कोभिड नियन्त्रण र रोकथामका सवालमा प्रभावकारी काम गर्न निर्देशन समेत दिनुभयो ।
उहाँले भन्नुभयो–‘सीमानाकामा अहोरात्र खटिएर अनुशासनपूर्वक आफ्नो डिउटी निर्वाह गर्दै आउनुभएको छ म निकै हर्षित छु, यसलाई अझै प्रभावकारी गराउन आग्रह गर्दछु ।
’ उहाँले कुनै लोभ लालचमा नपरी सेवा गर्न सुझाव दिनुभएको छ । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट जमुना स्थापना भएसँगै भारतबाट हुने अवैध चोरी पैठारी नियन्त्रणमा सघाउ पुर्याउने अपेक्षा गरिएको छ ।
Discussion about this post