खोजखबर संवाददाता
बिराटनगर भदौ २० गते । नेत्र विक्रम चन्द नेतृत्वको माओवादी ‘विप्लव’ समुहले गए राती इटहरी र धरानका दुई शैैक्षिक संस्थामा बम बिस्फोट गराएको छ। इटहरी उपमहानगरपालिकास्थित सुष्मा गोदावरी कलेज र धरान उपमहानगरपालिकास्थित दिल्ली पब्लिक स्कूलमा बिहीबार मध्यराति विप्लव समूहले बम बिष्फोट गराएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताए ।
सुष्मा गोदावरी कलेजको गेटमा र दिल्ली पब्लिक स्कूलको बाहिरको भागमा बिष्फोट गराएको प्रहरीले जनाएको छ । शैैक्षिक संस्थामा बम बिस्फोट गराउदा चौतर्फी बिरोध भइरहेको छ।
Discussion about this post