बाँके कार्तिक ३ गते ।
बाँकेका जनप्रतिनिधिहरुले प्रदेश सरकारबाट चाडपर्व खर्च नपाउने भएका छन् । लुम्बिनी प्रदेश सरकारले यसपालि जनप्रतिनिधिलाई चाडपर्व खर्च नदिने निर्णय गरेसँगै बाँकेका आठ पालिकाका जनप्रतिनिधि खर्चबाट बञ्चित भएका हुन् । मन्त्री, सांसददेखि स्थानीय तहका कुनै पनि जनप्रतिनिधिलाई चाडपर्व खर्चको प्रबन्ध नगरिएको प्रदेश सरकारले जनाएको छ ।
मुख्यमन्त्री शंकर पोखरेलका प्रेस सल्लाहकार शेरबहादुर केसीले विज्ञप्ति जारी गर्दै यसपालि कुनै पनि जनप्रतिनिधिले चाडपर्व खर्च नलिने जानकारी दिनुभयो । देशमा जनअपेक्षाअनुसार उत्तरदायी शासन व्यवस्था चाहिएको भन्दै विज्ञप्तिमा लुम्बिनी सरकारले कोरोना संकटका बेला दसैंखर्च दिने प्रबन्ध नगरेको उल्लेख गरिएको छ ।
Discussion about this post