बाँके कार्तिक ३ गते ।
नेपालगन्जको जमुनास्थित सशस्त्र प्रहरी विओपीको टोलीले भारतबाट नेपाल भित्र्याउँदै गरेको ग्याँस कम्प्रेसर कपडा मसिनरी सामान बरामद गरेको छ । टोलीले सोमवार दिउँसो करिव ८४ हजार मूल्य बराबरको सामान वरामद गरेको हो ।
सशस्त्र प्रहरी नायव निरीक्षक विक्रम रेउलेको कमाण्डमा खटिएको ७ जनाको मोवाइल गस्ती टोलीले नेपालगन्ज उपमहानगरपालिका १६ जमुनाहस्थित दशगजा नजिकबाट केही व्यक्तिहरुले भारतबाट नेपालतर्फ अवैध रुपमा ल्याउँदै गरेको अवस्थामा गस्ती टोलीलाई देखि तस्करहरु भने सामान सोही स्थानमा छाडेर भागेका थिए ।
सशस्त्र प्रहरीले भारतबाट हुने अवैध चोरी पैठारी विरुद्ध कडाइ गरेको छ ।
Discussion about this post