बाँके कार्तिक ४ गते ।
नेपालगन्जका युवाहरूले सरकार कहाँ चुक्दै छ ? बलात्कारीहरु संग झुक्दै छ भन्दै नेपालगन्जको बिपि चोकमा मंगलबार साझ नाराबाजी गरेका छन् ।
नेपालगन्जका स्वतन्त्र रुपमा जम्मा भएका बताउने युवा-युवतीहरुले हातमा प्लेकार्ड बोकेर बिपि चोकमा नाराबाजी गरेका हुन् ।
सरकार कहाँ चुक्दै छ ? बलात्कारीहरु संग झुक्दै छ, हामी कहाँ सुरक्षित छौ ?, एएम आइ नेक्स्ट भिक्टिम जस्ता प्रश्न गरिएका प्लेकार्ड र कडा कानुन लेखिदे संविधान बलत्करी बिरुद्ध हाम्रो अभियान लेखिएको ब्यानर लिएर नेपालगन्जका युवाहरुले देशमा बढ्दै गरेको बलात्कार र त्यसमा उदासिन बनेको सरकार बिरुद्ध नाराबाजी गरेका थिए ।
Discussion about this post