बाँके कार्तिक ५ गते ।
कोरोना भाइरस संक्रमणबाट कञ्चनपुरका युवाका कोहलपुरमा मृत्यु भएको छ । बेलाडी–५ कञ्चनपुरका २४ वर्षिय पुरुषको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मङ्गलबार बेलुका मृत्यु भएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएकोछ । उनी असोज ३० गते थप उपचारका लागि भर्ना भएका थिए ।
कोरोना भाइरससंग मिल्दो लक्षण देखिएका उनको कात्तिक ३ गते स्वाव संकलन गरिएको थियो । त्यसैदिन उनको रिपोर्ट पोजेभिट आएको अस्पतालले जनाएको छ ।
कोरोना पोजेटिभ पछि ती युवाको उपचारका लागि रोगको प्रकृती अनुसार सम्पूर्ण पद्धती अपनाएर उपचार गर्दापनि स्वास्थ्यमा सुधार नआएपछि मङ्गलबार बेलुका साढे ७ बजे मृत्यु भएको केन्द्रले जनाएको छ । योसगैं उपचारका लागि बाहिरी जिल्लाबाट आएका १५ जनाको बाँकेमा निधन भएको छ ।
Discussion about this post