बाँके कार्तिक ६ गते ।
बाँकेमा विहीबार थप ५१ जना डिस्चार्ज भएका छन् । विभिन्न संस्थागत आइसोलेसन, अस्पताल तथा होमआइसोलेसनबाट भाइरस संक्रमणबाट मुक्त भएर १५ महिला र ३६ पुरुष डिस्चार्ज भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार, यो जिल्लामा निको हुने दर ८०.१८ प्रतिशत हो । आज थप ५१ जना डिस्चार्ज भएसँगै बाँकेमा कोरोना भाइरस संक्रमणबाट मुक्त हुनेको संख्या २ हजार २ सय ७८ पुगेको छ । जिल्लामा कुल संक्रमितको संख्या २ हजार ८ सय ४१ पुग्दा मृत्यु हुनेको संख्या २९ रहेको छ ।
Discussion about this post