बाँके कार्तिक १६ गते ।
नेपालगन्ज जमुनाह नाकास्थित सशस्त्र प्रहरी बल विओपीको टोलीले भारतबाट अवैधरुपमा भित्र्याउँदै गरेको विभिन्न सामाग्री बरामद गरेको छ ।
शसस्त्र प्रहरी सहायक निरीक्षक सन्तोष शर्माको कमाण्डमा खटिएको सातजनाको टोलीले सो सामाग्री बरामद गरेको हो । नेपालगन्ज उपमहानगरपालिका १६ जमुनाह गाउँ नजिकैबाट कपडा, जुत्ता, पीपीइ सेट, कष्मेटिक सामान, सूर्तिजन्यबस्तु बरामद गरिएको शर्माले बताउनुभयो ।
१४ हजार तीन सय रुपैयाँ मूल्य बराबरको उक्त सामान रिक्सामा ल्याइरहेको अवस्थामा फेला परेको सशस्त्र प्रहरीको भनाइ छ । उक्त सामाग्री कारवाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा पठाइएको सशस्त्रले जनाएको छ ।
Discussion about this post