काठमाडौं कार्तिक २० गते ।
अमेरिकामा राष्ट्रपति चयनका लागि भएको चुनावमा अहिलेका राष्ट्रपति तथा रिपब्लिकन पार्टीबाट उमेदवार डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनबीच कडा प्रतिस्पर्धा देखिएको छ ।
पचासमध्ये ४३ राज्यको नतिजामा बाइडेन अगाडि छन् । चुनावको अन्तिम नतिजा आउन बाँकी छ । कुल ५ सय ३८ इलेक्टोरल सिटमध्ये बाइडेनले २ सय ४३ र ट्रम्पले २१४ सिट प्राप्त गरेका छन् ।
जितका लागि २ सय ७० सिट आवश्यक पर्छ । निर्णायक राज्यहरु विस्कन्सिन र मिसिगनमा बाइडेनले जित हात पारेका छन् । एरिजोना र नेभाडामा बाइडेन नै अगाडि रहेका छन् ।
जर्जिया र नर्थ क्यारोलाइनामा भने ट्रम्प अगाडि छन् भने अलास्कामा पनि ट्रम्प नै अगाडि रहेका छन् । अब पेन्सेल्भेनियाको मत निर्णायक मानिएको छ ।
पेन्सेल्भेनिया नजितामा पनि अब एरिजोना र नेभाडा गरी बाइडेनलाई चुनाव जित्न पुग्नेछ । नतिजापछि अमेरिकाले ५८ औं राष्ट्रपति पाउनेछ ।
Discussion about this post