दाङ कार्तिक २० गते ।
तुलसीपुर उपमहानगरपालिका दाङले छोरीको आर्थिक र सामाजिक सशक्तीकरणका लागि जन्मेदेखि हरेक महिना १०० रुपैयाँ दरले बैंक खातामा रकम जम्मा गर्ने भएको छ । कार्यपालिकाको ९५औं बैठकले स्मार्ट छोरी विहेबारी बीस वर्षपारि कार्यविधि पारित गरेसँगै अब उक्त योजना लागु हुने भएको छ ।
कार्यविधिमा उल्लेख भएअनुसार २०७७ साउन १ पछि जन्मिएका उपमहानगरभित्रका हरेक छोरीको बैक खातामा रकम जम्मा हुने उपप्रमुख माया शर्माले जानकारी दिइन् । कार्यक्रममा समावेश हुनका लागि अभिभावकले छोरी जन्मिएको ३५ दिनभित्र अनिवार्यरुपमा जन्मदर्ता गराउनुपर्ने र बालिकाको अभिभावकले बैंकमा खाता खोलेर खाता नम्बर उपमहानगरलाई उपलब्ध गराउनुपर्नेछ ।
खाता उपलब्ध भएपछि रकम जम्मा हुने कार्यविधिमा उल्लेख गरिएको छ । कार्यविधिअनुसार जन्मेको पहिलो महिनामा एक हजार २०० रुपैया र त्यसपछि प्रत्येक महिना १०० रुपैयाँका दरले खातामा रकम जम्मा हुनेछ । यो क्रम २० वर्षसम्म चल्नेछ ।
Discussion about this post