बाँके कार्तिक २० गते ।
नेपालगञ्ज उप–महानगरपालिकाले जीर्ण अवस्थामा रहेको नगर भवनमा अत्याधुनिक सपिङ कम्पलेक्स निर्माण गर्ने भएको छ । नगर प्रमुख डा. धवलशम्शेर राणाको अध्यक्षतामा बिहिवार बसेको कार्यपालिका बैठकले सपिङ कम्पलेक्स निर्माणका लागि डिपिआर तयार गर्ने निर्णय गरेको छ ।
नेपालगञ्ज उप–महानगरपालिकाका प्रबक्ता प्रमोद रिजालका अनुसार अण्डरग्राउण्ड पार्किङ सहितको सपिङ कम्पलेक्स निर्माण गर्ने योजना रहेको छ ।
यसैगरी कार्यपालिका बैठकले बागेश्वरी मन्दिरको पुर्वतर्फ रहेको खाली जग्गामा चिल्डे«न पार्क निर्माण गर्ने निर्णय गरेको छ । चिल्ड्रेनपार्कसहित ब्यवस्थित पार्किङस्थल समेत बनाइने भएको छ ।
Discussion about this post