बाँके कार्तिक २५ गते ।
मंगलबार बाँकेमा २ बर्षिय बालिका सहित गरेर ३७ जना कोरोना संक्रमति डिस्चार्ज हुँदैछन । १० दिने आईसोलेशन बसाईपछि उनिहरुलाई डिस्चार्ज गर्न लागिएको हो ।
कोरोना संक्रमण पुष्टि भएपछि कात्तिक १५ गते आईसोलेशन (निजि तथा संस्थागत) मा भर्ना गरीएका ३७ जनामा कोरोना भाईरसको लक्षण नदेखीएपछि स्वास्थ्य मापदण्ड पुरा गर्दै डिस्चार्ज गर्न लागिएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । आज डिस्चार्ज भएका ३७ जनासँगै बाँकेबाट कोरोना संक्रमणमुक्त भई डिस्चार्ज हुनेको सँख्या ३१२९ पुगेको छ ।
Discussion about this post