बाँके मंसिर ७ गते ।
नेकपा कार्यकारी अध्यक्ष प्रचण्डले पार्टी मुख्यतः दुई कुराको आधारमा चल्ने बताएका छन् ।
प्रचण्डले आफ्नो आधिकारीका फेसबुक पेजमार्फत स्टाटस लेख्दै पार्टी मुख्यतः दुई कुरा विचार–राजनीति र विधि–पद्दतिले मात्रै चल्ने बताएका हुन् ।
उनले लेखेका छन्, ‘पार्टी मुख्यतः दुई कुराको आधारमा चल्छ । एउटा विचार–राजनीति र दोस्रो विधि–पद्दति
प्रण्चडले पार्टी विधि–पद्दतिअनुरुप सञ्चालन हुनुपर्ने कुरामा जोड दिँदै आएका छन् । नेकपामा पछिल्लो समय विवाद चकिँदै जाँदा पनि प्रचण्डले पार्टीमा विचार, विधि र पद्दति अनुसार पार्टीलाई अगाडी बढाउनुपर्ने बताउने गरेका छन् ।
Discussion about this post