बाँके मंसिर १५ गते ।
संघीय सांसद मोहम्मद इस्तियाक राईले सांसद विकास कोषबाट भेरी अस्पताललाई ४५ लाख रुपैयाँ विनियोजन गरेका छन् । आफ्नो संसद विकास कोषबाट भेरी अस्पतालको भेन्टिलेटर खरिदका लागि उनले ४५ लाख बजेट बिनियोजन गरेका हुन्।
पूर्व सहरी विकासमन्त्री समेत रहेका सांसद राइले यसअघि पनि भेरी अस्पताललाई भेन्टिलेटरका लागि रकम विनियोजन गरेका थिए । तर नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा धवलशम्शेर राणाको गम्भीर लापरवाहीले उक्त रकम फ्रिज भएको थियो ।
भेन्टिलेटर खरिद भए भेरी अस्पतालमा उपचारका लागि आउने विरामीलाई ठूलो राहत मिल्ने छ । कोरोना रोकथाम, नियन्त्रण र निदानका सवालमा पूर्वमन्त्री राईले सक्रियरुपमा भूमिका निभाउँदै आएका छन् ।
Discussion about this post