बाँके मंसिर १५ गते ।
बाँके जिल्लामा गठन गरिएको सामाजिक संस्था बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्र शाखाले आज ५ औं बेवारिसे शव स्थानीय बुल्बुलिया समसान घाटमा लगेर स- सम्मान सदगद गरेको छ ।
बाँकेमा एउटा अन्दाजी १५ वर्षको बालकको टाउको नभएको अवस्थामा बेवारिसे शव महिनौ दिन पछि एउटा सेप्टि टयाङ्कि भित्र फेला परेको थियो, उक्त शवलाई परोपकारी चेलीहरु उक्त संस्था कि संरक्षक अम्बिका काफ्ले, बाँके जिल्ला संयोजक पुजा बिश्वकर्मा, कार्यकारी निर्देशक भुपेन्द्र बस्नेत , सदस्यहरु पुनम गुरुङ , सुमित मगर, सागर सन्कु, आशिष् सुनारले दागबत्ती दिएका थिए ।
यो संगै बाँकेमा ५ औं बेवारिसे शवको सदगद भएको छ । शवको व्यवस्थापन संस्थाले गरेको संरक्षक काफ्लेले बताइन् ।
Discussion about this post