बाँके मंसिर १९ गते ।
नेपालगन्ज उपमहानगरपालिका ८ को वडा कार्यालयले हिन्दु कर्मकाण्डी भवन निर्माण गर्ने भएको छ । वडा कार्यालयले आफ्नो लागतमा भवन निर्माण गर्न लागेको हो । हिन्दुहरुलाई मृत्यु संस्कारमा कर्मकाण्ड गर्न सहजहोस् भनेर भवन निर्माण सुरु भएको हो ।
तत्कालका लागि रु दुई लाखको निर्माण सुरु गरिएको वडाअध्यक्ष सुरेन्द्र बैश्य गुप्ताले जानकारी दिनुभयो । करिव दुई महिनाको अवधिमा निर्माण सक्ने लक्ष्य लिईएको छ । त्यसैको हाराहारीमा भवन निर्माणका लागि खर्च लाग्ने प्रारम्भिक अनुमान छ । चालू आर्थिक वर्षमा डिविसीमात्र गरिने छ । अर्को वर्ष वडाको बजेट विनियोजन गरेर निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको वडाअध्यक्ष बैश्यले बताउनुभयो ।
Discussion about this post