खोजखबर संवाददाता
बाँके भदौ २२ गते । नेपाल सरकारले प्रदान गर्ने विद्याभुषण पदकबाट बाँकेका पाँच जना सम्मानित भएका छन । नेपाल सरकारले ‘क’ श्रेणीको विद्याभुषण पदकबाट देशैभरका विशिष्ट ब्यक्तिहरुलाई सम्मान गर्ने क्रममा बाँकेबाट समेत पाँच जना छनौटमा परेका हुन ।
नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा राष्ट्रिय शिक्षा दिवसमा प्रदान गरिंदै आएको विद्या भुषण शैक्षिक क्षेत्रमा उच्च शिक्षा हासिल गरेका, शैक्षिक क्षेत्रमा सेवा गरेका व्यक्तित्वहरुलाई विशेषत प्रदान गरिन्छ ।
बाँकेबाट ‘क’ श्रेणीको विद्या भुषण विद्यावारिधि पाउनेहरुमा मुना श्रेष्ठ, अर्जुन सिग्देल, अृमत शाही, निरज बोहरा र सनत कुमार शर्मा रहेका छन् ।
Discussion about this post