बाँके मंसिर २३ गते ।
लुम्बिनी प्रदेश सभा सदस्य पार्बती पुन उषाले सरकार वा जन प्रतिनिधिले पावर र पहुँचका भरमा नभई आवश्यकताका आधारमा बिकास निर्माणको बजेट छुट्याइनु पर्ने बताउनु भएकोछ । उहाँले हिजोकै राणा र पँचायती शैलीमा पावर र पहुँचका आधारमा बजेट बिनियोजन गर्ने सँस्कारले देशमा सन्तुलित बिकास नभएको भन्दै यस लाई सच्याईनुपर्ने बताउनु भएकोछ ।
सोमबार बैजनाथ ७ पेडारी स्थित ने रा मा बि को ४ कोठे भवन सिलान्यास कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो । उहाँले आवश्यकता देखेरै प्रदेश सरकारबाट आफुले यस भवनको लागि २० लाख छुट्टयाइको बताउनु भयो । २०१६ सालमा स्थापना भएको यस बिधालयमा हाल सम्म कुनै बिकास नभएको र यसमा सरकारको नजर पुग्नु पर्ने तर अहिले सम्म नपुगेको भन्दै बिधालयका प्र अ रामराज थारुले गुनासो गर्नुभयो ।
पेडारी गाँऊको एक मात्र मा बि भएता पनि बिधालय भवन, पर्खालको अती आवश्यकता भएको बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर थारुले जानकारी गराउनु भयो । कार्यक्रममा ७ नँ वडा अध्यक्ष सिताराम थारु थारु कल्याणकारी सभाका प्रतिनिधि बिनोद चौधरी नेकपाका वडा कमिटी अध्यक्ष दिनेश थारु लगायतले बिद्यालय सुधारका सवालमा मन्तव्य राख्नु भएको थियो ।
Discussion about this post