बाँके मंसिर २४ गते ।
१६दिने महिला हिंसा विरुद्धको अभियान अन्तर्गत मङ्गलबार नेपालगन्जको वि.पी.चोकमा मास्क वितरण र दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको छ।
अन्तरपाटि महिला संजाल बाँकेको आयोजनामा संचालित कार्यक्रममा कोरोना भाइरसबाट बच्नको निम्ति माक्स लगाउन जरुरी रहेको र मानिसलाइ माक्स अनिवार्य छ भन्ने सन्देश दिनको निम्ति दिउसो ३ बजेदेखि ५बजेसम्म नेपालगन्जको वि.पि.चोकमा आवतजावत गर्ने, माक्स नलगाएका यात्रुहरुलाइ माक्स वितरण अनिवार्य छ भन्ने सन्देश दिने उदेश्यले माक्स वितरण गरीएको हो ।
लैंगिक हिंसा अन्त्यको प्रतिवद्धता व्यक्ति समाज र सबैको ऐक्यबद्धता भन्ने मूल नाराकासात नेभेम्वर २५देखि डिसेम्वर १०सम्म यो दिवश मनाउने गरीन्छ । यसबर्ष कोरोनाका कारण त्यति धेरै जमघट गरी कार्यक्रम हुन नपाएपनि कोरोना भाइरसलाइ लक्षित गरी कोरोना सम्बन्धि सचेतना कार्यक्रमहरु गरीएका छन् ।
अन्तरपाटि महिला संजाल बाँकेका अध्यक्ष रेखा गुप्ताले कोरोना भाइरसको संक्रमण बढ्दै गएको हुदा त्यसबाट बच्नको निम्ति माक्स अनिवार्य भएको र माक्स लगाउनमा व्यवास्ता गर्न नहुने भन्दै कोरोना भाइरसको औषधि आइनसकेका कारण सचेत हुन जरुरी रहेको बताइन ।
कार्यक्रममा अन्तर्पाटी महिला संजाल बाँकेका उपाध्यक्ष विम्मीरानी पन्थी, सचिव रिचा दुवेदी, सदस्यहरु नारायणी रुपाखेती , अछरी पोखरेल, रेणु खड्का, महिला जागृति सेलका अध्यक्ष लक्ष्मी श्रेष्ठ,सदस्य शिला श्रेष्ठ, लगायत २ दर्जन महिलाहरुले बाटोमा रेक्सा चलाउने, बाटोमा हिड्ने, मोटर साइकलमा हिड्ने र गाडिमा पनि माक्स नलगाइकन हिडेका २सय बढि यात्रुहरुलाइ रोकेर माक्स वितरण गरेका हुन । माक्स वितरण कार्यक्रम पछि सोहि स्थानमा महिला हिंसा न्युनिकरण होस भनि दिप प्रज्वलन पनि गरीएको थियो ।
यसै गरी महिला जागृतिसेलको आयोजनामा पनि माक्स वितरण र विप प्रज्वलन कार्यक्रम गरीको महिला जागृतिसेलका अध्यक्ष लक्ष्मी श्रेष्ठले जानकारी गराइन ।
Discussion about this post