फाइल फोटो
काठमाडौं मंसिर ३० गते ।
संवैधानिक परिषदको बैठक मंगलबार बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार संवैधानिक परिषदको बैठक बोलाएका हुन् । बैठक बालुवाटारमा बस्ने छ । यसअघि आइतबारका लागि बोलाइएको बैठक प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटा अनुपस्थित हुनेभएपछि स्थगित भएको थियो ।
तर मंगलबारको बैठकमा देउवा सहभागी हुने निश्चित भएको छ । उनका स्वकीय सचिव भानु देउवाले त्यसको पुष्टि गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायत संवैधानिक निकायमा विभिन्न पद खाली छन् । बैठकमा ती पदमा नियुक्ति हुनेछ ।
Discussion about this post