बाँके पुस ७ गते ।
नेपालगञ्ज उपमहानगरपालिका वडा न १४ का वडा सदस्य सन्तोष कुमार मिश्राले स्वर्गीय पिता र माताको स्मृतिमा प्रतिक्षालय र धारा जडान गर्नु भएकोछ । स्व पीता कमला प्रसाद मिश्रा र माता राधादेवी मिश्राको स्मृतिमा महेन्द्रनगर मावि नजीकै निर्मीत प्रतिक्षालय र धाराको हालै ज्येष्ठ नागरिकहरुद्धारा उदघाटन गरिएको हो ।
सदस्य मिश्राले व्यक्तिगत करिव दुई लाख लागतमा सो निर्माण गर्नु भएको हो । सो अवसरमा एक सय २० जना ज्येष्ठ नागरिकलाई सोलसहित सम्मान पनि गरिएको थियो । समारोहमा बोल्दै प्रदेश सांसद सुरेन्द्र हमालले व्यक्तिगत लगानीमा गरिएको विकास निर्माणले आम नागरिकले लाभ लिने भन्दै निर्माणकर्ताको प्रशंसा गर्नु भयो ।
सो कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका नगरउपप्रमुख उमा थापा मगर, नेपाली काँगे्रस सभापती किरण कोइराला, क्षेत्रीय सभापती रमेश गुप्ता लगायतका नेताहरुले बोल्नु भएको थियो ।
Discussion about this post