बाँके पुस ९ गते ।
सौन्दर्यकर्मी एवं इच्छुकहरुका लागि नेपालगञ्जमा सञ्चालित सात दिने मेहन्दी एवं नेल आर्ट समापन गरिएको छ । न्यूरोडस्थित गुड न्यू आइटीसी पार्लर एण्ड ट्रेनिङ्ग सेन्टरद्धारा सञ्चालित निशुल्क तालिममा ६० जना सहभागी थिए ।
मुम्वई मेहन्दीका नेपाल नं. १ मेहन्दी आर्टिष्ट कुलदीप कुमारले सहभागीहरुलाई प्रमाण पत्र प्रदान गर्दै सौन्दर्यकलामा विधागत शिप पनि आवश्यक भएको बताउनु भयो ।
मेहन्दी एवं नेल आर्टले व्यवसायिक अवसर समेत सिर्जना गर्ने विश्वास व्यक्त गर्नु भयो । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालगन्ज उपमहानगरपालिका कमिटी अध्यक्ष एवं गुड न्यू आइटीसीकी प्रोप्राइटर गीता भण्डारीले अवसरलाई अधिकतम सदुपयोग गर्न सहभागीलाई सुझाव दिनु भयो ।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका सचिव शुक्रऋषि चौलागाईले सौन्दर्यकला शिपसँगै व्यवसायिक प्रवद्र्धनमा पनि ध्यान दिनु पर्ने आवश्यक्ता औल्याउनु भयो ।
तालिममा नेल आर्ट, नेल बुट्टा बनाउने, मेहन्दी कलाका विविध पाटोमा कक्षा दिइएको गुड न्यू आइटीसीकी प्रोप्राइटर भण्डारीले जानकारी दिनुभयो । ंसंगीता पौडलद्धारा सञ्चालित कार्यक्रममा विदाई केक काटेर रमाइलो पनि गरिएको थियो ।
Discussion about this post