बाँके पुस १० गते ।
जसपाको विद्यार्थी संगठनले आज नेपालगन्जमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरेको छ । संसद विघटन गर्ने निर्णय असंबैधानिक तथा अलोकतान्त्रिक भएको भन्दै विद्यार्थी संगठनले प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको पुत्ला दहन गरेको हो । यसअघि जसपाले नेपालगन्जमा विरोध प्रदर्शन गरेको थियो ।
जनता समाजवादी पार्टी का नेता रसिद अहमद कुरेसी युवा नेता सराफत खानले ओली बिरुद्ध नारा लगएका थिए । असंवैधानिक एंव प्रतिगामी कदमका बिरुद्व जनता समाजवादी पार्टी बांँकेले सडक आन्दोलनलाई जारी राख्ने उनीहरुको चेतावनी थियो । उनीहरुले त्रिभुवन चोकमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको पुत्ला बनाएर जलाएका थिए ।
विरोध प्रदर्शनमा जनता समाजवादी पार्टी (जसपा) बाँकेका नेता कमरुद्दीन राई, अम्बिका काफ्ले, हिक्मत विक, राजन राना मगर, राजेन्द्र विश्वकर्मा ,उमेश कुमार बर्मा ,धर्मराज बर्मा ,रजिव बर्मा, कौशल धोबी, दिपा राना मगर,फैज हैदर, माजिद अलि शेष, फिरोज खान, समाजवादी मुस्लिम संघका केन्द्रीय सचिब अनीश शाह लगायत नेता तथा कार्यकर्ताहरुले सरकारको गलत निर्णयलाई सच्याउनुपर्ने बताएका थिए ।
Discussion about this post