बाँके पुस १० गते ।
जनमत पार्टी बाँकेले आज डुडुवाको हिरमिनियामा वडा सम्पर्क कार्यालय स्थापना गरेको छ।
शुक्रबार आज एक भव्य कार्यक्रमको आयोजन गरि हिरमिनियाको सुब्बापुर्वा चोकमा जनमत पार्टीले वडा सम्पर्क कार्यालय उद्घाटन गरेको हो । कार्यक्रम उद्घाटन केन्द्रीय सदस्य इरफान अहमद शेषले गरेका थिए।
कार्यक्रममा जनमत पार्टीका संस्थापक नेता इरफान अहमद शेषले सम्पूर्ण नेता कार्यकर्ताहरुलाई सचेतना अभियान सहित चुनावको लागि तयार रहना अह्वान गरेका छन।
उनले आउने निर्वाचनमा जनमतले नै मधेशको नेतृत्व गर्ने नेताहरुले ठोकुवा गरेका छन। भ्रष्ट प्रवृत्तिका नेताहरु मधेश प्रवेश गर्नेछन त्यही भएर सचेतना अभियान चलाउने जरुरी रहेको नेता शेषले बताए। कार्यक्रममा जिल्लाका कयौं नेता,कार्यकर्ताहरुको बाक्लो उपस्थिति समेत रहेको थियो।
Discussion about this post