बाँके पुस १४ गते ।
स्याक नेपालको आयोजना तथा प्लान इन्टरनेश्नल नेपाल क्षेत्रीय कार्यालय सुर्खेतको सहयोगमा ४ दिने पत्रकारिता तालिम आज देखि सुरु गरिएको छ ।
तालिमको सहजीकरण लामो समय देखि ब्यबसायिक पत्रकारिता गदै आउनुभएका बाँकेका पत्रकार शंकरप्रसाद खनालले गर्नुभएको छ ।उहाँले अहिलेको समय भनेको सूचना संचार जगतको भएकोले हरेक किशोरकिशोरीले पत्रकारिताको बारेमा सामान्य भएपनी ज्ञान् राख्नु पर्ने आवस्यकता रहेको बताउनु भयो।
तालिममा कोहलपुर नगरपालिका र बैजनाथ गाउपालिका का २२ जना किशोरीहरुको सहभागिता रहेको छ । आफ्नो गाउँठाउमा बसोबास गर्ने रहेक नागरिकको समस्यालाई पत्रकारिताको माध्यमबाट सम्बन्धित निकाय सम्म पुर्याउने उद्येश्यका साथ तालिमको आयोजना गरिएको हो ।
तालिममा सहभागि प्रशिक्षार्थीलाई पत्रकार , पत्रकारिता , समाचार लेखन , सम्प्रेशन , सन्चारमाध्यम पत्रकार आचारसंहिता लगायतका बिषयमा जानकारी गराइने छ ।
Discussion about this post