बाँके पुस १५ गते ।
केही दिन अघि बाँकेका सिडियो रामबहादुर कुरुम्बाङले फेसबुकमा स्टाटस लेखे-बाँकेको जमुनाह नाका लगायत सबै नाकाहरुमा थोरै उपभोग्य बस्तुमा समेत भन्सार तिरेर मात्रै सामान छोडन निर्देशन दिइएको छ । छुटाउन फोन नगर्नुहोला । उनको यही स्टाटसले अहिले नाकामा कडाइ गरिको छ । तर अन्य नाकाहरुबाट अवैध धन्दा मच्चाउने तस्करहरुलाई भने झन फाइदा पुगेको छ । अन्य नाकामा सशस्त्र प्रहरीले तस्करसँगको सेटिङमा अवैध सामाग्री ओसरपसार भइरहेको छ । मुख्य नाकामा पनि ठूला तस्करहरु सेटिङमा निर्वाध आउने क्रम अझै रोकिएको छैन् । तर निमुखा तथा पहुँच नभएका नागरिकहरुले भने अहिले नाकामा पाउनुसम्म दुख पाएका छन् ।
दुई किलो आलू ,गोभी,ब्रस मन्जन, प्याज, चिनी, साबुन, सरफ खोस्नेका काम गर्दै आमनागरिकलाई दुख दिन शुरु गरेपछि नागरिकहरु आक्रोशित भएका छन् । सिके राउत नेतृत्व जनमत पार्टीका केन्द्रिय सदस्य इरफान शेषले बाँकेमा प्रशासन र सुरक्षा निकायको ज्यादती जारी रहेको भन्दै नागरिक बिरुद्धको निर्णयको घोर निन्दा गर्नुभएको छ । सीमावर्ती एरियामा बसोबास गर्ने नागरिकको जीवनसंग सम्बन्धित कृयाकलापमा हस्तेक्षेप तत्काल बन्द गर्न बाँकेका सिडियो कुरुम्बाङलाई उहाँले सुझाव समेत दिनुभएको छ ।
यही अवस्था रहे अर्को अन्दोलनको सामना गर्न तयार रहन समेत शेषले चेतावनी दिनुभएको छ । उहाँले आफ्नो फेसबुकमा स्टाट्स लेख्दै भन्नुभएको छ-केही दिनदेखि बाँकेमा प्रशासन र सुरक्षा निकायका निकम्मा प्रशासनले एक दुई किलो आलू ,गोभी,ब्रस मन्जन, प्याज, चिनी, साबुन , सरफ खोस्नेका काम गर्दै आमनागरिकलाई दुख दिन शुरु गरेको छ। यस्ता घृणित कार्य बन्द गर्न आग्रह गर्दछु ।
Discussion about this post