जियाउल मुस्तफा कादरी
बाँके भदौ २३ गते । मुस्लिम धर्माव्लम्बीहरुको महान पर्व मोहर्रमको आठौ दिन आज ऐतिहासिक भव्य जुलुस निकालिने भएको छ । आज राति ११ बजे नेपालगञ्जको फुल्टेक्रा, रामनगर, धम्बोजी र जोल्हनपुर्वाबाट अठैको जुलुस निस्कने नेपाल मोहर्रम तथा कर्बाला संरक्षण् समितिका अध्यक्ष मेराज अहमद हल्वाईले जानकारी दिनुभयो ।
चारै ठाँउबाट निस्कने जुलुस त्रिभुवन चोकमा एकिकृत भई अगाडी बढिने बताइएको छ । वडा प्रहरी कार्यालयको सामुन्ने परम्परा अनुसार हुँदै आएको जन्जीरको महतम र गौसिया मस्जिद स्थित चोकमा आगोको महतम र लाठि कला प्रस्तुती हुनेछ ।
आजको जुलुसमा दश हजार भन्दा बढिको सहभागिता रहेको थिए । नेपाल मोहर्रम तथा कर्बाला संरक्षण समितिद्धारा मोहर्रम पर्वको अवसरमा हिन्दु मुस्लिमको अगुवा र पत्रकार प्रशासनहरुलाई सम्मान समेत गर्नु भएको थियो । (फोटो फिचर)
Discussion about this post