बाँके पुस १८ गते ।
नेपालगन्ज उपमहानगरपालिकाका सरसफाई शाखा प्रमुख अशोक केसीको निधन भएको छ । केही दिन अघि राँझामा सवारी दुर्घटनामा परी केसी गम्भीर घाइते भएका थिए । उनको टाउको गम्भीर चोट थियो । टाउकोको शल्यक्रिया गरिएपनि सफल हुन नसकेको चिकित्सकहरुले बताए ।
उनको उपचारका क्रममा आज विहान नेपालगन्ज मेडिकल कलेजमा मृत्यु भएको हो । केसीको निधनले एउटा इमान्दार कर्मचारी गुमाएको उपमहानगरपालिकाका उपमेयर उमा थापाले बताउनुभयो ।
Discussion about this post