बाँके पुस १८ गते ।
नर्सको व्यवहारलाई विरामीमैत्री बनाउन सघाउने अपेक्षाका साथ सरकार र यससँग सम्बन्धी सरकारी तथा गैरसरकारी निकायले बर्षेनी सचेतनात्मक कार्यक्रम गरेका छन । यसमा थुप्रो लगानी पनि भएको छ । तर, एकदुई जना नर्सको व्यवहारका कारण यतिबेला सिङगो नर्सिङ क्षेत्र बदनाम हुँदै गएको छ । लगानी पनि अपेक्षाकृत हुन सकेको देखिदैन ।
नेपालगन्जका कतिपय अस्पतालमा सबै स्टाफ नर्स त्यस्तो नभएपनि केही स्टाफ नर्सहरुको व्यवहार र बोल्नेशैली ठिक नभएको एक विरामी बताउँछन । नम्रता र सेवाकी प्रतिमूर्ति फ्लोरेन्स नाइटिङ्गेलले गरिब, असहाय, अनाथ र बिरामीको सेवामा पुर्याएको निःस्वार्थ समर्पणको अनुकरण गर्दै विरामीमैत्री हुनुपर्ने नर्स सेवामा केही उत्श्रृखल र अनुशासनहिन व्यक्तिका कारण यतिबेला नेपाली त्यो पनि अझै बिशेष गरी भेरी अस्पतालका कार्यरत केही नर्सको व्यवहारप्रति विरामीले प्रश्न उठाएका छन ।
केही नर्सले कुनैपनि कुरा सोध्दा सहजै जवाफ नदिने र परामर्श गर्न कन्जुस्याई गर्ने, बिरामीको कुरा नसुन्ने स्टाफहरु बीच बढि कुराकानी गर्ने र विरामीलाई चासो नदिने गरेको गरेको विरामी बताउँछन । यस्तो अवस्थामा अस्पताल प्रशासनले अनुगमन गरी त्यस्ता नसं तथा कर्मचारीलाई तत्काल करावाही गर्नुपर्ने विरामीको माग छ ।
डायलासिसका केहीसँगै विभिन्न युनिटका कतिपय नर्सको व्यवहार विरामीमैत्री नहुँदा मृगौला लगायतका विरामीले दैनिक जसो हेपाई र धम्की तथा दुव्र्यवहार सहनुको विकल्प छैन । एक मृगौला विरामीले भने ‘केही नर्सले सामान्य कुरामा पनि तानाशाही प्रवृत्ति देखाउँछन, होच्याएर बोल्छन, तुच्छ बोल्छन, हामी विरामी हौं ठिकछ तर, दुव्यवहार नै गर्नुपर्ने त होइन ।’नर्स विरामीमैत्री हुनुपर्ने ठाउँमा विरामी नर्समैत्री भैदिनुपर्ने अवस्था सृजना भएको ती विरामीले गुनासो गरेका छन ।
विरामीले नर्सहरुबाट राम्रो व्यवहार नभएको गुनासो गरेका छन। नर्सको व्यवहारले विरामीको आधाभन्दा बढी रोग निको हुने भएकाले नर्सको छनोट कागजी ज्ञानको आधारमा नभएर व्यवहारिक पक्षमा हुनुपर्ने विरामी बताउँछन ।सरकारले एक विरामीको उपचारका लागि अस्पताललाई २५ सय रूपैयाँ तिरेको छ उनले भने तर ‘यहाँका नर्सहरू ‘फ्रि’ मा उपचार गरे जस्तो गरी डायलासिस नै गरिदिन्न भनेर धमकी पो दिन्छन ।’
Discussion about this post