बाँक पुस १९ गते ।
केपी शर्मा ओली नेतृत्व सरकारले गरेको संसद बिघटनको घोषणाले मुलुकमा अन्यौल सृजना गरेको नेपालगञ्जका नागरिक अगुवाहरुले बताएका छन् । मानव अधिकार तथा शान्ति समाज बाँके शाखाले हिजो शनिबार त्रिभुवनचौक स्थीत महेन्द्र पुस्तकालयको सभाहलमा आयोजना गरेको कार्यक्रममा बोल्ने बक्ताहरुले प्रतिनिधि सभा बिघठन गरि दुई तिहाई बहुमत नजिकको ओली नेतृत्व सरकारले गम्भीर त्रुटि गरेको बताएका छन् ।
भ्रष्टाचारबाट चलुर्म डुवेको वर्तमान सरकारले त्यसबाट उन्मुक्ती पाउँन प्रतिनिधि सभा बिघठन ग¥यो त्यो नै लोकतन्त्रीक ब्यबस्थालाई संकटमा पु¥याउने कार्य गर्न खोजेको आरोप लगाएका छन् । यस्तो परिस्थीतिमा नागरिक समाज चुप लागेर बस्न नहुने बताएका छन् । कार्यक्रममा नेपालगञ्ज नगरपालिका पुर्ब नगरप्रमुख बिजयकुमार गुप्ताले शान्ति,सुशासन र सम्बृद्धिको अपेक्षा गरेका नागरिकलाई मध्यावधि निर्वाचनको कोशेली दिनु वर्तमान सरकारले ठुलो त्रुटि गरेको बताउनुभयो ।
मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय महासचिब सुशील बस्नेतले पार्टी भित्रको कलहलाई ब्यबस्थापन गर्न असफलको आवेगमा प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा बिघठन गर्नु अध्यारो सुरुङबाट हिड्ने प्रयास हो भन्नुभयो । बाँके शाखाका सभापति कृष्णादेवी पाण्डेको सभापतित्वमा भएको भ्रष्टाचार र दण्डहीनताका कारण बढ्दो आक्रोश,असम्बैधानि एवं अलोकतान्त्रिक तवरले प्रतिनिधि सभा बिघठन प्रतिगमनको शिलशिला भन्ने बिषयमा बिचार गोष्ठि तथा जिल्ला अधिबेसन सम्पन्न भएको छ ।
त्यसअवसरमा अधिबक्ता बिश्वजीत तिवारी,शान्ति समाजका सुशासन समितिका केन्द्रीय बिभागिय संयोजक निर्मल नेपाली,जगदम्वा पाठक,देबेन्द्र नाथ शुक्ल,प्रभाबकर भट्टराई लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो । स्वागत मन्तब्य घनश्यामकुमार गुप्ता र सञ्जालन शाखा सचिब बिष्णुकुमार कुमालले गर्नुभएको थियो ।
सभापति पदमा प्रभाकर भट्टराई
त्रिभुवनचौक स्थीत महेन्द्र पुस्तकालयमा हिजो शनिबार सम्पन्न अधिबेसनले प्रभाबकर भट्टराईको नेतृत्वमा १५सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
शान्ति समाजको बिधानको परिच्छेद ५ अनुसार जिल्ला शाखा गठनमा गरेको ब्यबस्था अनुरुप ११ जना निर्वाचन प्रणाली र ४ जनालाई मनोनयन गर्ने ब्यबस्था भए अनुसार ३३ प्रतिसत महिला र दलित समूदायको समाबेश गरिएको निर्वाचन समितिका संयोजक पवनकुमार गुप्ताले जानकारी दिनुभयो ।
समितिका संयोजक गुप्ताका अनुसार २ बर्षे कार्यकालका लागि सभापति पदमा प्रभाकर भट्टराई,उपसभापतिमा प्रेमकुमार शर्मा,सचिवमा देवेन्द्रनाथ शुक्ल,कोषाध्यक्षमा मो. जहिरुल हक (जिनु) र सहसचिवमा अल्पता कुमारी गुप्ता सबर्वसम्मत रुपमा निर्वाचित हुनुभएको हो । त्यस्तै,यशोदा नेपाली,नमिता श्रेष्ठ,संदीप कश्यप,जगदम्वा प्रसाद पाठक,घनश्याम बैश्य र निलम शर्मा सदस्यमा सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
नवनिर्वाचित कार्यसमितिको हिजो शनिबार बसेको पहिलो बैठकले ४ जनालाई बिधानअनुरुप मनोनय गरेको छ । सदस्य पदमा मनोनयन हुनेमा चन्दा सिंह,मेघबहादुर बिष्ट,साबित्रा बि.क. र गोमा आचार्य रहनुभएको सचिब देबेन्द्रनाथ शुक्लले जानकारी दिनुभयो ।
Discussion about this post