सुदूरपश्चिम पुस २१ गते ।
अगामी बैशाख २७ गते हुने प्रतिनिधि सभाको मध्यावधिक निर्वाचनका लागि सुदूरपश्चिममा तयारी थालिएको छ। सरकारले मध्यावधिक निर्वाचन घोषणा गरेसँगै सुदूरपश्चिममा तयारी थालिएको हो। जिल्ला निर्वाचन कार्यालयहरु तयारीमा जुटेका छन्। प्रदेशको अस्थायी राजधानी समेत रहेको कैलाली जिल्लामा तयारी अगाडि बढाइएको छ। २०७७ पुुस ५ गतेसम्म १८ वर्ष पूरा भएका नागरिहरुले मतदानमा सहभागि हुन पाउने जनाइएको छ।
जिल्ला निर्वाचन कार्यालय कैलालीका निर्वाचन अधिकारी प्रेमराज भट्टले निर्वाचन आयोगको निर्देशन अनुसार मतदाता नामावली अध्यावधिक गर्ने तयारी थालेको जानकारी दिए। माघ १५ गतेदेखि २१ गतेसम्म जिल्लाका १३ वटै स्थानीय तहमा संकलन गरिएको मतदाता नामावली प्रकाशनको काम सञ्चालन गर्ने उनले बताए। २०७४ भाद्र ५ गतेसम्मको मतदाता नामावलीको आधारमा २०७४ मसिंर १० र ११ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन भएको थियो । सो पश्चात २०७५ बैशाख २ गतेदेखि पुनःमतदाता नामावली संकलनको कार्यक्रम सुरु गरिएको थियो। भने, निर्वाचन घोषणा सँगै मतदाता नामावली संकलनको काम पुस ५ गतेदेखि बन्द गरिएको छ।
सरकारले २०७७ पुस ५ गते निर्वाचन घोषणा गरेपछि सोही नामावली प्रकाशित गरेर दाबी विरोधको कार्यक्रम सञ्चालन गर्ने गरि निर्वाचनको तयारी भइरहेको बताइएको छ । पहिलो चरणमा नामावली प्रकाशन गरिने भएको छ। दोस्रो चरणमा मतदान स्थलहरु निर्धारण गरिने जनाइएको छ । २०७४ सालको निर्वाचनमा कैलाली जिल्लामा २३१ ओटा मतदान स्थल र ५३४ मतदान केन्द्रहरु निर्धारण गरिएको थियो । अहिले सो मतदान केन्द्रहरुको अनुगमन गर्ने काम भइरहेको बताइएको छ।तर प्रतिनिधि सभा विघटनबारे सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ नभएकोले अन्योलता पनि उत्तिकै बढी छ।
Discussion about this post