कञ्चनपुर पुस २१ गते।
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका अन्तर्गत भारतीय सीमाक्षेत्रमा गोली चल्दा एकजना नेपाली घाइते भएका छन् । सोमबार बेलुका करिब साढे ६ बजेतिर गोली चल्दा दोधार चाँदनी नगरपालिका(१ का स्थानीय नरेश सुनार घाइते हुनु भएको हो । उहाँको खुट्टामा गोलीको छर्रा लागेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जानकारी दिनुभयो । उहाँले घाइतेको अवस्था सामान्य रहेको र सुनारलाई उपचारका लागि महाकाली अस्पतालमा ल्याइएको जानकारी दिनुभयो ।
घटना साँझको समयमा भए पनि घाइतेले राति ९ बजे खबर गरेपछि मात्रै त्यसबारे जानकारी पाएको उहाँको भनाइ छ । उहाँकाअनुसार गोली भारतीय भूमिमा चलेको देखिएको छ । तर भारतीय सीमा सुरक्षा बल ९एसएबी० ले भने गोली चलेको घटनाप्रति अनविज्ञता जनाएको उहाँले बताउनुभयो । घटनाको अनुसन्धानका लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
Discussion about this post