बर्दिया पुस २१ गते ।
संसद विघटन विरुद्ध राप्रपा बर्दियाले भव्य विरोध प्रदर्शन गरेको छ । राप्रपाका केन्द्रिय सदस्य राजविक्रम शाहको नेतृत्वमा मंगलवार ढाइ सय मोटर साइकल र्याली प्रदर्शन गरिएको हो । राप्रपा नेता, कार्यकर्ता र शिवसेनाका कार्यकर्ता सहभागि र्याली गुलरिया ताराताल, बेलवा हुँदै भुरी गाउँ पुगेर कोणसभामा परिणत भएको थियो ।
रयालीमा सहभागीहरुले हिन्दु रास्ट्र र राजसस्था पुनस्थापनाको नारा लगायका थिए । कोणसभालाई जिल्ला अध्यक्ष भीम बहादुर बोहोरा, केन्द्रीय सदस्यहरु राजविक्रम शाह, गीता बस्नेत, टीकाराम चौधरी, मेघनाथ अधिकारी लगायतले सम्बोधन गरेका थिए ।
वक्ताहरूले कम्युनिस्ट सरकारले लोकतन्त्रलाइ झन कमजोर बनायको भन्दै नागरिक अधिकार प्रत्याभूत गराउन आन्दोलनको विकल्प नभएको दाबी गरेका थिए ।
Discussion about this post