बाँके पुस २४ गते ।
भारतबाट नेपाल भित्राइएको वोन लेस मासु सहित पिक अफ भ्यान सशस्त्र प्रहरीले पक्राउ गरेको छ । बिओपी बढैयाबाट सशस्त्र प्रहरी निरीक्षक बिनोद श्रेष्ठको कमान्डमा खटिएको टोलीले बाँकेको खजुरा गाउँपालिका २ के गाउँबाट अबैधरुपमा भन्सार छली गरि नेपाल ल्याउदै गरेको ९ लाख ४० हजार मूल्य बराबरको १ हजार १ सय किलो मासु बरामद गरेको हो । उक्त मासु भे.०१ च. २३३९ नं. को पीकअप म्याजिक गाडीमा ल्यादै गरेको अबस्थामा गएराती साढे १२ बजे बरामद भएको हो ।उक्त गाडी र मासु अावश्यक कारबाहीको लागी नेपालगंज भन्सार कार्यालयमा बुझाइएको बताइएको छ ।

Discussion about this post