काठमाण्डौ पुस २६ गते ।
इङ्ग्लिस फुटबल प्रतियोगिता एफ ए कपमा स्टोक सिटी लेस्टर सिटीसँग चार शून्य गोलले पराजित भएको छ । जितसँगै लेस्टर खेलको चौथो चरणमा प्रवेश गरेको छ । स्टोकको घरेलु मैदानमा भएको खेलमा सुरुवाती आधा घण्टा गोलरहित बराबरी खेलेको लेस्टरले ३४ औं मिनेटमा अग्रता बनाएको थियो ।
लेस्टरका लागि जस्टिनले पहिलो गोल गर्न सफल भए । पहिलो हाफमा एक गोलको अग्रता बनाएको लेस्टरका लागि ५९ औं मिनेटमा ल्ब्राइटोनले दोस्रो गोल गरे । त्यसपछि ७९ औं मिनेटमा योजी पेरेजले गोल गर्दै टिमलाई तीन शून्यले अगाडि राखे । बारनेसले ८१ औं मिनेटमा गोल गरेपछि लेस्टरले चार शून्यको सहज जित निकाल्यो ।
यो खेलमा लेस्टरका मुख्य खेलाडी भार्डीले खेलेका थिएनन् । यस्तै अर्को खेलमा सेफिल्डले ब्रिस्टोल रोभर्सलाई तीन दुईले हरायो भने स्वान्से सिटीले स्टेभेनागलाई दुई शून्य गोलले पराजित गर्यो ।
Discussion about this post