बाँके माघ १ गते ।
जसपा बाँकेले नेपालगन्जमा आयोजना गरेको पार्टीको बिरोधसभामा पार्टीका नेताहरूले दिएको अभिव्यक्तिलाई लियर केहीले तुच्छ प्रतिक्रिया दिएको भन्दै गम्भीर असहमती व्यक्त गरेको छ । पार्टीका जिल्ला अध्यक्ष कमरुदिन राईद्वारा जारी बिज्ञप्तीमा उक्त अभिव्यक्तिलाई लिएर नेताहरूको मान्मर्दन गर्ने कार्य भएको भन्दै ती ब्यक्तिहरु विरुद्ध जिल्ला प्रहरीमा उजुरी दिएको उल्लेख गरिएको छ ।
उनिहरुलाई तत्काल पक्राउ गरि कारबाही गर्न जसपाले माग गरेको छ । नेपालगन्जको त्रिभुवन चोकमा आयोजना गरिएको बिरोधसभामा पुर्बमन्त्री मोहम्मद इस्तियाक राइले राजाबादीहरुबारे टिप्पणी गर्नु भएको थियो ।
Discussion about this post