बाँके माघ २ गते ।
कोरोना संक्रमणबाट बाँके पुन एक जनाको ज्यान गएको छ । भेरी अस्पताल नेपालगन्जमा उपचाररत नेपालगन्ज उपमहानगरपालिका-१ धम्बोजीकी ८० वर्षिय संक्रमित महिलाको गएराती ११:३० बजे मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।
स्वास्थ्यमा समस्या आएपछि पुष २६ गते नेपालगन्ज मेडिकल कलेजको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
२७ पुषमा कोभिड पुष्टि भएपछि भेरी अस्पतालमा रिफर भई भेरीको आइसोलेसन वार्डमा उनको उपचार सुरु गरिएको थियो । उपचारका सबै बिधि अपनाउँदा समेत स्वास्थ्यमा सुधार नदेखीएकी ति महिलाको बिहिबार राती मृत्यु भएको जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । योसँगै बाँकेमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको सँख्या ४९ पुगेको छ ।
Discussion about this post