काठमाडौ माघ ४ गते ।
गत पुस २ गते उच्च अदालत दिपायलले जन्मकैद सजाय सुनाएपछि थरुहट नेता लक्ष्मण थारुसहितका नेताहरु अर्धभूमिगतशैली अप्नाउन थालेछन्। यसअघि जिल्ला अदालत कैलालीबाट सफाई पाएका उनीहरुलाई जन्म कैद सजाय हुने फैसला सुनाएपछि फैसला अमान्य रहेको भन्दै अर्धभूमिगतशैली अप्नाएका हुन्।
फैसलापछि आत्मसमर्पण गरिन्न भनेर अभिव्यक्ति दिदै आएका उनीहरु५ हाल अर्धभूमिगत देखिएका छन्।
शनिबार कैलालीको अज्ञात स्थलमा पत्रकार सम्मेलन गरेका उनीहरुले अब अर्को विद्रोहको तयारीमा जुटेको उद्घोष गरेका छन्। थरुहटरथारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय संयोजक समेत रहेका लक्ष्मण थारुले उच्च अदालतको फैसलाले अधिकार र पहिचानको आन्दोलनको क्रममा थाली र्यालीमा सहभागी, महिलाहरुको र्यालीलाई पनि आपराधिक ठहर गरेको बताउँछन्।
उच्च अदालत दिपायलको फैसला देखाउँदै नेता थारुले भने, “महिलाहरुले निकालेको शान्ति र सद्भावपूर्ण थाली र्यालीलाई पनि शान्ति विरोधी भनेर उच्च अदालतले फैसला गरेको छ। यो फैसलाले बम बन्दुक उठाउँ भन्छ। गैरसंवैधानिक काम गर भन्दैछ। तिमीहरु नेपाली होइनौ भन्छ।” नेता थारुले उच्च अदालतको १७९ पेजको सो फैसला न्यायधीश टेक नारायण कुवँर र सीताराम मण्डलको विवेकले भन्दा सिंहदरबार निर्देशनमा भएको भएको भन्दै आक्रोश व्यक्त गरे। उनले सो फैसला जलाउन मात्रै बाँकी रहेको चेतावनी दिए।
उनले अगाडि थपे, “अदालतलाई हामी भगवान मान्थ्यौ तर अहिले फैसलाले दुखी बनायो। अब हामी सर्वोच्च अदालत जाँदैछौ, विश्वासका साथ।”
नेता थारुले सरकार र अदालतको फैसला विरुद्ध निर्णायक विद्रोहको तयारीमा रहेको चेतावनी दिएका छन्।तयारी स्वरुप थरुहट मोर्चाले ३ बुँदे निर्णय गरेको भन्दै उनले अब निर्णायक विद्रोहको विकल्प नभएको समेत खुलाए।“हामीले पहिलो निर्णयको रुपमा थरुहट आन्दोलनबारे सरकारले सुनोस्, सामाजिक न्यायको लागि गम्भीर बनोस् भनेर आग्रह गरेका छौ”, उनले भने, “दोस्रो निर्णयको रुपमा अब निर्णायक विद्रोहको तयारीमा छौ।
हतियार र बम बिनाको विद्रोह, मारकाट विनाको विद्रोहको तयारीमा छौ।”विद्रोहको तयारी स्वरुप मोर्चाको केन्द्रीय समितिका प्रवक्ता मीनराज चौधरीको संयोजकत्वमा १०१ सदस्यीय केन्द्रीय आन्दोलन परिचालन समिति समेत गठन गरेको उनले बताए।
Discussion about this post