खोजखबर संवाददाता
बाँके भदौ २३ गते । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ का मनकारी अध्यक्ष मोहम्मद सफिक बेहनाले बोन क्यान्सर भएका एक जनालाई आर्थिक सहयोग गर्न्नु भएको छ । बोन क्यान्सर भएका नेपालगन्ज उपमहानगरपालिका २ का सरिफ हलवाइलाई आफ्नो तर्फबाट उपचारमा केही सहयोग होस भन्दै आज ५००० रुपैयाँ हस्तान्तरण गर्नु भएको हो। आफुले केही पैसा सहयोग गरेर बिरामीलाई केही राहात हुन्छ भनेर दिएको अध्यक्ष बेहनाले बताउनु भयो। समाजसेवामा माहिर अध्यक्ष बेहनाले धेरै पटक अप्ठ्यारोमा परेका बिरामी होस् या गरिवदुखी नै किन नहोस् , उहाँले सहयोग गर्दै आउनु भएको छ। हलवाइकि दिदिलाई वडा कार्यालयमा ५ हजार रुपैयाँ सहयोग गरेको वडा अध्यक्ष बेहनाले बताउनुभयो । अध्यक्ष बेहनाले आफुले पाउने सेवा सुबिधा कुनै लिनु भएको छैन् ।
Discussion about this post