बाँके माघ ११ गते ।
कोरोना महामारीका कारण बन्द रहेको नेपाल भारतसीमा नाका केही खुकुलो हुँदै गएको छ । नेपालगन्जको जमुनाह नाका खुकुलो भएसँगै चहलपहल बढ्न थालेको छ । नेपालगन्ज र कोहलपुरका नेपाली बजारमा महँगोमा सामान खरिद गर्न बाध्य भएका आम नेपाली उपभोक्ता नाका खुलेसँगै भारतीय बजार रूपैडिमा जान थालेका छन । जमुनाह नाकामा दैनिक खाद्य बसतु खरिदका लागि रूपैडिया जाने नेपालीको भडि बढेको देखिएको छ ।
नेपाली बजार उपभोक्तामैत्री हुन नसक्दा आम नागरिक भारतीय बजारतिर जाने गरेका हुन । तत्कालिन जिल्ला विकास समिति बाँकेका सभापति पश्पति दयाल मिश्र सरकारले औपचारिता नदिएपनि गएको एक गतेदेखि अर्को निर्णय नभएकोले नाका खुलिसकेको बताउँछन ।
उनकाअनुसार दुई देशबिचको प्रगाढ सम्बन्ध कायम राख्न पनि नाका खोलिनु पर्ने थियो खोलिओ ठिकै भयो नागरिकले आफनो मनलागि कारोवार नेपाल वा भारत जहाँ पनि गर्न सक्छन । भारतसँगको जमुनाह नाका खुकुलो भएपछि किनमेलका लागि आवतजावत गर्नेको घुइँचो लाग्न थालेको छ । शनिबार मात्रै पाँच हजारभन्दा बढीले भारत गएर किनमेल गरेको रेकर्डले देखाएको छ । कोरोना भाइरसको महामारीका कारण सरकारले गत चैत ७ गतेदेखि सीमानाका बन्द गरेको थियो ।
अहिले पनि भारतसँगका सीमानाका औपचारिक रूपमा खोलिएका छैनन् । तैपनि दुवै देशका सर्वसाधारणको सहजताका लागि भारतले दुई महिनाअघिदेखि नै सीमानाका खुकुलो पारेको थियो । १ माघदेखि भने नेपालतर्फबाट पनि केही खुकुलो गरिएको इलाका प्रहरी कार्यालय, जमुनाहका प्रमुख सइ विष्णु गिरी बताउँछन ।अहिले किनमेल र औषधि उपचारका लागि भारत जान छुट दिइएको उनले बताए ।
तर, सीमानाका खुलेको औपचारिक पत्र आएको छैन । ‘व्यावहारिक रूपमा किनमेल र उपचारका लागि जानेहरूलाई केही सजिलो बनाइदिएका छौँ,’ सइ गिरीले भने, ‘नाका पूर्ण रूपमा खुलेको भन्न मिल्दैन, तर पहिलेभन्दा केही सहजचाहिँ पक्कै भएको छ ।’ अहिले भारत आउजाउ गर्न कुनै समस्या नभएको स्थानीय बासिन्दाले बताएका छन् ।
भारत जान कुनै रोकटोक नभएको नेपालगन्ज उपमहानगरपालिका–७ का मोइनुद्दिन खानको अनुभव छ । ‘लकडाउन हटे पनि भारत जान ठूलो संघर्ष गर्नुपथ्र्यो । दिनभर लाइन लागेर पनि भारत जान पाइँदैनथ्यो । अहिले आउजाउमा कुनै रोकटोक छैन,’ उनले भने । किनमेलका लागि सीमावर्ती भारतीय बजार रुपइडिहा जाने र नेपालगन्ज आउनेलाई मोटरसाइकल ल्याउन–लैजान दिइँदैन ।
किनमेलका लागि रुपैडिया जानेहरूको मोटरसाइकलले जमुनाह भरिने गरेको छ । जनता समाजवादी पार्टी, बाँकेले नाका खोल्न माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र समेत बुझाएको छ । नाका बन्द गर्नुको कुनै औचित्य नभएको ठहर गरी नाका खोल्न माग गरेको जनता समाजवादी पार्टीका नेता रामकुमार दीक्षितले बताए ।
Discussion about this post