बाँके माघ १४ गते ।
बाँकेमा कोभिड १९ बिरुद्धको खोप लगाउने कार्य शुरू भएकाे छ । बुधबार भेरी अस्पताल नेपालगन्जमा अस्पतालका मेसु डा.प्रकाश थापालाई खाेप लगाई काेराेना बिरूद्वकाे खाेप लगाउने कार्य शुरू भएकाे हाे ।
खाेप लगाउने कार्यकाे उद्घाटनका क्रममा डा.थापाले खुसी व्यक्त गर्नुभयो । उहाँले काेराेना शुरू हुने बेला खाेप आउन धेरै वर्ष लाग्ने अनुमान गरिन्थ्यो भने छिट्टै खाेप आउन सफल भएकाेमा आफू खुशी भएकाे प्रतिक्रिया दिनुभयो ।
जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजय श्रीवास्तवले काेभिशिल्ड स्वास्थ्यकर्मीलाई हस्तान्तरण गरेपछि डा.थापालाई खाेप लगाईएकाे थियाे । खाेप लगाउने कार्य अन्तरगत अहिले काेराेना बिरूद्वकाे लडाईका क्रममा अग्रपंक्तिमा खटेका व्यक्तिहरूलाई लगाईने काेराेना फाेकल पर्सन तेज बहादुर वलीले जानकारी दिनुभयो ।
फाेकल पर्सन वलीका अनुसार बाँकेका ७ हजार ५ सय १७ जनालाइ पुग्ने गरि खाेप आएकाे छ ।
Discussion about this post