बाँके माघ २० गते ।
भेरी अस्पताल नेपालगन्जमा चिकित्सक तथा नर्सिङ स्टाफमाथी हातपात र दुव्र्यवहार गर्नेहरुको पहिचान गरि कानुनी कारबाही गर्न अस्पताल बिकास समितीले माग गरेको छ।
सामाजिक अभियान्ता ज्ञानेन्द्र शाहीसहित ८/१० जना युवाहरु सोमबार अस्पतालमा प्रवेश गरि डिउटीमा खटिएका चिकित्सक र नर्समाथी हातपात र दुव्र्यवहार गरेका थिए ।
शाही अस्पतालका मेसु डा प्रकाश थापासँग अस्पतालको विभिन्न बिषयमा छलफल गरिएका बेला शाहीसंगै आएका शिव सुबेदीसहितका युवाले नर्सिङ युनिटमा हुलहुज्जत गरेका थिए ।
नर्सहरुले ठेगाना सोधेकै बिषयलाई लिएर चिकित्सक र नर्समाथी हातपात र दुव्र्यवहार हुनु निन्दनीय भएको अस्पताल बिकास समितिले जारी गरेको बिज्ञप्तीमा भनिएको छ।
अस्पताल बिकास समितिका सदस्यहरु कृष्ण प्रशाद श्रेष्ठ, धनीराम ओली, सरस्वती मल्ल र मेसु डा प्रकाश थापाद्वारा जारी बिज्ञप्तीमा घटनामा प्रत्यक्ष वा अप्रत्यक्षरुपमा संलग्नको पहिचान गरि कारबाही गर्न माग गरिएको हो।
Discussion about this post