कञ्चनपुर माघ २१ गते ।
भारतले बाटो खन्दा झरेको पहिरोले दार्चुलामा महाकली नदी थुनिएको छ । माल्पामा पहिरो खसेपछि जोखिम बढेको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।
विज्ञप्ति नै निकालेर जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले नदी आसपासका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ । पहिरो खसेको ठाउँ दार्चुलाको व्यास गाउँपालिकाको २ नम्बर वडामा पर्छ । पहिरोले नेपाल तथा भारतपट्टि नदी थुनिएको छ । नेपाल र भारतका सुरक्षाकर्मीहरू संयुक्तरूपमा पहिरो हटाउन लागिपरेका छन् ।
Discussion about this post