बाँके माघ २३ गते ।
अन्तरपाटी महिला संजाल बाँकेको आठौ साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ । जसमा अध्यक्ष अम्बिका काफ्ले उपाध्यक्ष गीता राना,सचिव अछरी पोखरेल र कोषाध्यक्षमा दुर्गा बाल्मीकि रहेका छन । यसैगरी सदस्यहरुमा नारायणी रुपाखेति,रेणु खड्का,रेखा गुप्ता,विम्मी रानी पन्थी,रिचा दुवेदी इता शर्मा,रत्न राना,दिक्षा कोइराला,सायरा दर्जी,प्रेम कुमारी शाही लगायत १जना पछि थप्ने गरी १५जनाको कार्य समिति चयन गरेको छ ।
अन्तरपाटी महिला संजाल बाँकेका निवर्तमान अध्यक्ष रेखा गुप्ताको अध्यक्षतामा सम्पन्न साधारण सभामा आर्थिक प्रतिवेदन कोषाध्यक्ष र प्रगति प्रतिवेदन सचिवद्धारा पढेर सुनाइएको थियो । अन्तरपाटी महिला संगठन विभिन्न राजनीति पार्टीमा आवद्ध महिलाहरुको संगठन हो । नयाँ कार्य समितिलाइ पुर्व अध्यक्ष रेखा गुप्ताले खादा ओढाएर अविर लगाइ सम्मान गरेकी थिइन ।
सो संजालको अवधि एक बर्षको रहने छ ।
अन्तरपाटी महिला संजालको नयाँ कार्यसमिति चयन पश्चात बसेको पहिलो बैठकले बैठक बस्ने सम्बन्धमा,पुरानो कार्यसमितिलाइ धन्यवाद दिने सम्बन्धमा,बैंक खाता परिवर्तन गर्ने सम्बन्धमा, विभिन्न पार्टीहरुसंग सम्पर्क र समन्वय गरी राजनीतिमा लागेका महिलाहरुको क्षमता विकास गर्ने खालका कार्यक्रमहरु संचालन गर्ने निर्णय गरेको छ ।
Discussion about this post